साइनिङ स्टारमा नवआगन्तुक विद्यार्थीको स्वागत
पाेखरा | साउन १८, २०८०
पोखरा: लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमका विच स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाई मात्र प्रयाप्त नहुने बताउनुभयो । उहाँले अबका विद्यार्थीहरुले देशमै सम्भावनाको खोजी गर्नुपर्नेम जोड दिंदै समाजले आफ्नों उपस्थितीको आवास गर्नसक्ने गरि काम गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका डा.सन्तोष कोइरालाले जिवनपयोगी शिक्षाका बारेमा चर्चा गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीहरुले दृढ संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासंगै सामाजिक, साँस्कतृतीक लगायत विविद्य पक्षमा अग्रसर बन्दै जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्यानका लागि यहि विद्यालय रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्ने विद्यार्थीको चाहना विद्यालयले पुरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरु किस्मत सर्मा, चाहना शाह, सञ्जय, प्रविना लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए ।
विद्यालयका संस्थापक बविता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, नेपाली विषय शिक्षक मानबहादुर थापा लगायतले विद्यालयका गतिविधीबारे चर्चा गर्नुभएको थियो ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

